やっぺえと学ぶ 防災 याप्पे सँग बिपत्ति रोकथामको कुरा सिकौ

 

याप्पे (क्यारेक्टर को नाम) सँग बिपत्ति रोकथामको कुरा सिकौ।
सुनामीबाट आफ्नो ज्यान जीवन बचाऊ ।

याप्पे।समुन्द्रको नजिकमा ठुलो हल्लाएको महशुस भएमा, सुनामी आउने सम्भावना पनि हुन्छ है ।
सुनामी आउने ठुलो छाल हो।
तुरुन्त त्यो ठाउँ छाडी सके सम्म अग्लो ठाउँमा भाग्नु पर्छ।

"ठूलो सुनामी चेतावनी" भनेको १० मिटर भन्दा बढी सुनामी आउन सक्छ।
"सुनामी चेतावनी" भनेको ३ मिटर सुनामी को जोखिम छ।
समुन्द्र तिर फर्केर नगइ, सकेसम्म उच्च स्थान मा बस्नुपर्छ ।

जब "सुनामी चेतावनी" जारी हुन्छ, समुद्र र नदीहरूबाट टाढा रहने र अवस्था हेर्न नजाने।

यदि तपाईले हल्लाएको महशुस नगरेपनी, सुनामी चेतावनी सुन्नुभयो वा देख्नुभयो भने भाग्ने!
याप्पे, | यो एक प्रतिज्ञा हो!

 

 

याप्पे सँग बिपत्ति रोकथामको कुरा सिकौ ।
सम्झी राख है !"सुनामी संकेत"

याप्पे, यो चिन्ह!
सुनामी आउने जोखिम स्थानमा यस्तो चिन्ह संकेत हुन्छ ।
यो "सुनामी आश्रय स्थल" हो।
यो सुनामी आएको बेलामा आश्रय लिन मिल्ने र सुरक्षित हुने अग्लो ठाउँ हो ।

यो "सुनामीआश्रय भवन" र "टावर" को चिन्ह हो।
पूर्बी जापानको माहाभूकम्प पछि समुन्द्री छेउमा,
मर्मतका काम भइरहेको छ ।

यहाँ、याप्पे भन्दा पनि अग्लो सुनामी आएको ठाउँ हो ।
निलो चिन्हले सुनामीको उचाई देखाउँदछ, जुन वास्तविक रूपमा आएको थियो।

समुन्द्रको नजिक भएको बेलामा,
जीवन बचाउनको लागि एक महत्त्वपूर्ण सीमाचिन्ह। जानकारी राखौ ।

 

 

याप्पे सँग बिपत्ति रोकथामको कुरा सिकौ ।
भूकम्प पछिको अवशेष

याप्पे,
भूकम्प र सुनामीको डरलाग्दो स्वरुप बताउने भग्नावशेषहरु "भूकम्प पछिको अवशेष" हो ।
सेन्दाई सिटीमा अवस्थित आराहामा प्राथमिक विद्यालय पनि तिनीहरु मध्ये एक हो।

विद्यालय भवनको पर्खाल बंगिएको छ हैन?
सुनामी भवनको दोस्रो तल्ला सम्म आएको थियो नी

साना विद्यार्थीहरु र स्थानीय नागरिकहरु, 300 जाना भन्दा बढी छतमा आश्रय लिइ ज्यान जोगाएका थिए।।

विद्यालय भवनको भित्र हेरौं। सिलिङ्ग उकिएको छ, त्यो बेलाको जस्ताको तेस्तै अवस्थामा रहेको छ ।
सुनामीले विद्यालय डुबाउँदा खेरिको अवस्था र त्यसबेला का अनुभव हरु पनि प्रस्तुत गरेको छ।

भूकम्प पछिको अवशेषहरु समुन्द्री छेउको विभिन्न ठाउँमा छन्

 

★最新のニュースはこちら(English)
https://www3.nhk.or.jp/nhkworld/en/news/

★防災のVIDEOはこちら (English)
https://www3.nhk.or.jp/nhkworld/en/radio/bosai/